कफीखेती विस्तार गर्दै महाभारत गाउँपालिका



 

काभ्रे । काभ्रे जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले कफीखेती विस्तारका लागि ‘पकेट क्षेत्र’ थपेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले थप दुई वडामा  पकेट क्षेत्र बढाएको हो ।

हाल यो गाउँपालिकाका सबै वडामा कफीखेती हुँदै आएको छ । यसअघि छ वटा वडालाई पकेट क्षेत्र बनाइएको थियो । गाउँपालिकाक अनुसार यस वर्ष एक र ७ नं वडामा कफी पकेट क्षेत्र विस्तारका लागि स्थानीय किसानलाई कफीको बिरुवा रोप्दादेखि उत्पादकत्व बढाउने तथा त्यसको बजारीकरणसम्मको विषयमा तालिम दिँदै आएको छ ।

“कफीखेती गर्न इच्छुक किसानलाई हौसला दिने कार्यक्रमसमेत गाउँपालिकाले गर्दै आएको छ”, पालिकाको कृषि शाखा प्रमुख खिमबहादुर डाँगीले भने ।

शाखा प्रमुख डाँगीका अनुसार यो वर्ष पनि कफी प्रवद्र्धन कार्यक्रम गाउँपालिकाको बजेटमा उल्लेख गरिएको छ । सडकको विकाससँगै कफीखेती गर्ने किसानको सङ्ख्या पनि बढिरहेको बताइन्छ । गाउँपालिकाको वडा नं २, ३, ४, ५, ६ र ८ मा १÷१ वटा पटेक क्षेत्र स्थापना गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले कफीखेतीलाई प्राथमिकता दिइ सुरुवातदेखि नै कफीखेती हुने क्षेत्रको सर्वेक्षण गरेर क्रमशः त्यहीअनुसारको योजना बनाएको बताए । उनले भने, “बाँकी दुई वटा यही आर्थिक वर्षभित्र पकेट क्षेत्र बनाउने योजनाका साथ गाउँपालिका लागेको छ ।” उनका अनुसार कफी बिक्रीबाट पालिकाभित्र वार्षिक रु ५० हजारदेखि आठ लाखसम्म आम्दानी गर्ने किसान छन् ।

सर्वेक्षणअनुसार पहिलो प्राथमिकतामा परेको वडा नं २ मा सबैभन्दा बढी कफीखेती भइरहेको छ । पालिकाका वडा नं ३, ४, ५, ८, ६, ७ र १ मा कफीखेती हुँदै आएको हो । उक्त गाउँपालिकाका एक हजार किसान व्यावसायिक कफीखेतीमा संलग्न छन् ।

कृषि शाखाका अनुसार गत वर्ष करिब डेढ लाख केजी चेरी–कफीको फल) उत्पादन भएको थियो । एक हजार चार सय ३३ रोपनी जमिनमा कफीखेती भइरहेको छ । गाउँपालिकाले गत वर्ष किसानलाई एक लाख कफीको बिरुवा वितरण गरेको थियो भने कफीको दुई नर्सरी स्थापना गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दिगो विकास लक्ष्य पूरा गर्न वार्षिक साढे सात खर्ब लगानी अपुग

काठमाडौं । दिगो विकास लक्ष्य (एसडिजी) पूरा गर्न वार्षिक साढे सात खर्बभन्दा बढीको

बेइजिङमा नेपालको पर्यटन प्रवद्र्धन

काठमाडौँ । चीनको राजधानी बेइजिङ्मा नेपालको पर्यटन प्रवद्र्धन गरिएको छ । नेपाल पर्यटन

बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्छः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन

कोशीमा पर्यटन वर्ष सुरूसँगै बढ्यो पर्यटकको चहलपहल

मोरङ । प्रदेशको पर्यटन विकास र प्रवद्र्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष