किसानलाई धान उत्पादनमा प्रोत्साहित गर्दै ‘आरजु राइस मिल’



काठमाडौँ । नेपाली किसानलाई धानखेतीमा प्रोत्साहित गर्दै उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउने उद्देश्यले आरजु राइस मिलले विभिन्न ब्राण्डका चामल बिक्री वितरण सुरु गरेको छ ।

स्थानीय किसानसँगको सहकार्यमा नेपाली किसानको पहिलो व्यावसायिक उत्पादन ‘प्रिमियम वास्नादार चामल’ बजारमा ल्याएको कम्पनीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । सुवासी जातको धानको प्रिमियम वास्नादार चामल ‘एभरेष्ट’ को बजार मूल्य रु एक सय ७५ कायम गरिने कम्पनीले उल्लेख गरेको छ । यसअघि कम्पनीले मन्सुली तथा लोकल प्रिमियम चामल बिक्री वितरण गर्दै आएको छ ।

आरजु राइस मिलका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले नेपाली किसानले उत्पादन गरेको धानमात्रै खरिद गरेर आफ्नै मिलमार्फत् चामल उत्पादन र बजारीकरण गर्ने गरी कम्पनीले बजारमा नयाँ चामल ल्याएको बताए । “नेपाली धानको उत्पादन प्रवर्द्धन र बजारीकरणका साथै किसानलाई यस क्षेत्रमा प्रोत्साहित गर्न कम्पनीले गुणस्तरीय चामल उत्पादन गरेको हो । किसानलाई कृषि उत्पादनमार्फत् राष्ट्रिय आर्थिक समृद्धिमा समान सहभागिता जनाउने पनि अर्को उद्देश्य रहेको छ”, बुद्ध एयरका कार्यकारी अध्यक्षसमेत रहेका बस्नेतले भने ।

किसानलाई निर्बाहमुखीबाट व्यावसायिकतातर्फ लैजाने उद्देश्यले कम्पनीले आफ्नै धानखेती र मिलमार्फत विभिन्न वास्नादार चामल उत्पादन सुरु गरेको जनाएको छ । मिलका बजार निर्देशक वसन्त ढुङ्गानाले किसानलाई प्रोत्साहित गर्दै उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउने लक्ष्यका साथ वास्नादार चामल उत्पादन गरिएको बताए ।

मोरङको डाँगीहाटमा रु ५० करोडभन्दा बढीको लगानीमा स्थापना गरिएको आरजु राइस मिलले मोरङ, सुनसरी र झापामा गरी चार हजारभन्दा बढी किसानको सहकार्यमा विभिन्न जातका धान उत्पादन गर्दै आएको जनाएको छ ।

किसानका लागि रोपाइँभन्दा अगाडि नै मिलले धानको न्यूनतम् समर्थन मूल्य तोक्ने गरेको र किसानले धान मिलमा ल्याएको दुई दिनभित्रै अनलाइन बैंकिङ माध्यमबाट भुक्तानी दिने व्यवस्था गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दिगो विकास लक्ष्य पूरा गर्न वार्षिक साढे सात खर्ब लगानी अपुग

काठमाडौं । दिगो विकास लक्ष्य (एसडिजी) पूरा गर्न वार्षिक साढे सात खर्बभन्दा बढीको

बेइजिङमा नेपालको पर्यटन प्रवद्र्धन

काठमाडौँ । चीनको राजधानी बेइजिङ्मा नेपालको पर्यटन प्रवद्र्धन गरिएको छ । नेपाल पर्यटन

बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्छः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन

कोशीमा पर्यटन वर्ष सुरूसँगै बढ्यो पर्यटकको चहलपहल

मोरङ । प्रदेशको पर्यटन विकास र प्रवद्र्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष