विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि, आठ महिनामा भित्रियो ९ खर्ब ६१ अर्ब विप्रेषण



काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८ दशमलव आठ प्रतिशतले वृद्धि भई सात अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव आठ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ८६ हजार नौ सय ३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ८४ हजार दुई सय ७८ रहेको छ ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १८ दशमलव नौ प्रतिशतले वृद्धि भई रु १० खर्ब ४१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३ दशमलव नौ प्रतिशतले बढेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संविधानको रक्षाका लागि गणतन्त्र पक्षधर शक्तिलाई गोलबन्द गर्न ओली, देउवा र प्रचण्ड सहमत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच विद्यमान

नेपाल बारलाई राजनीतिबाट मुक्त गराउँछौंः अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एसोसिएसनमा प्रा डा विजयकान्त मिश्रको नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई पदभार

भृकुटीमण्डपमा रैथाने खाना प्रवर्द्धन

  बुनु थारु, काठमाडौँ । भृकुटीमण्डपको उद्यानमा भइरहेको ‘खाना महोत्सव’मा इङ्वा सुब्बा कागुनो,

हस्तक्षेपकारी बजेटका पक्षमा अर्थमन्त्री

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको काम धमाधम चलिरहेको छ