सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो


 

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । स्थानीय बजारमा बिहीबार पहेँलो धातुको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज  एक हजारले बढेर एक लाख ३४ हजार बराबरको मूल्य निर्धारण भएको छ ।

तेजाबी सुन बुधबार प्रतितोला  एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएकामा आजका लागि भने  एक लाख ३३ तीन सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा  ४० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला एक हजार छ सय १० मा कारोबार भएकामा आजका लागि भने  एक हजार छ सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।