गतवर्ष भन्दा यसवर्ष नेपालगञ्ज भन्सारमा राजस्व संकलनमा एक दशमलव ३५ प्रतिशतले बृद्धि


नेपालगंज । नेपालगञ्ज भन्सार नाकाबाट गत वर्षको तुलनामा यसवर्ष राजस्वमा वृद्धि भएको छ । नेपालगञ्ज भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार यसवर्षको फागुनसम्ममा गत आर्थिक वर्षभन्दा एक दशमलव ३५ प्रतिशतले राजस्व सङ्कलन बढी भएको छ ।

गत वर्षको साउनदेखि फागुनसम्ममा ११ अर्ब ४३ करोड ६२ लाख २९ हजार राजस्व सङ्कलन भएको छ भने चालु आर्थिक वर्षको फागुनसम्म ११ अर्ब ५९ करोड नौ लाख ४३ हाजर रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यस वर्षको आठ महिनामा सात करोड ८९ लाख ९५ हजार बराबरको सामान बरामद भएको छ भने गतवर्ष दुई करोड १५ लाख ६३ हजार रुपैयाँ बराबरको सामान बरामद गरेर भन्सार बुझाइएको छ ।

फागुनसम्मको लक्ष्य १८ अर्ब ७७ करोड ४८ लाख २९ हजारको लक्ष्यमा ११ अर्ब ५९ करोड नौ लाख ४३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको अधिकृत ध्रुवराज विश्वकर्माले बताए ।