सरकारलाई सुझाव दिन राजस्व परामर्श समिति गठन



काठमाडौँ । राजस्व परिचालन तथा व्यवस्थापनका क्षेत्रमा सरकारलाई सुझाव दिने संयन्त्रका रुपमा रहेको राजस्व परामर्श समिति गठन भएर काम सुरु गरेको छ ।

राजस्व सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा समिति र त्यसअन्तर्गत विभिन्न विषयगत उपसमितिहरु गठन गरी काम थालिएको अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले जानकारी दिए । उनकाअनुसार समितिमा अर्थ मन्त्रालय र उद्योग मन्त्रालयका पदाधिकारी, निजी क्षेत्रका छाता संस्थाका प्रतिनिधि, अर्थ तथा राजस्वविद्हरु अन्य विषयगत विज्ञलगायत रहेका छन् ।

समितिले आगामी आर्थिक वर्षको आर्थिक ऐनमार्फत गरिनुपर्ने कर प्रशासनसँग सम्बन्धित संशोधनका विषयमा सरकारलाई सुझाव दिनेछ । सरकारको राजस्व नीति, कर संरचना, अन्तर्राष्ट्रिय कर प्रणाली, कर छुट तथा करमा दोहोरोपनालगायतका विषयमा यो समितिले सुझाव दिनेछ ।

त्यस्तै, नयाँ कर कानुन बनाउने, कुनै कानुनी व्यवस्था खारेज गर्नुपर्ने भएमा त्यसको सिफारिस गर्ने र करका दर परिवर्तन गर्नेबारे पनि सरकारले यो समितिमार्फत सुझाव लिनेछ ।

समितिअन्तर्गत विभिन्न विषयगत उपसमितिहरु बनाएर क्षेत्रगत सुझाव लिने अभ्यास रहँदै आएको छ । जसअन्तर्गत आन्तरिक राजस्व, भन्सार, उद्योग तथा वाणिज्य, कृषि, पर्यटन, ऊर्जा, राजस्व चुहावट नियन्त्रण तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान, लगानी तथा निर्यात प्रवद्र्धनलगायतका विषयगत उपसमिति रहन्छन् । यी उपसमितिहरुले सम्बन्धित सरोकारवाला क्षेत्रसँग राय, सल्लाह तथा छलफल गरेर सुझाव एकीकृत गरी सरकारलाई बुझाउने छन् ।

राजस्व परिचालन तथा व्यवस्थापनका क्षेत्रमा सरकारलाई सुझाव दिने तथा नीतिगत सिफारिस पेस गर्ने संरचनाका रुपमा राजस्व परामर्श समिति रहँदै आएको छ । मुलुकको राजस्व नीति, करका दर र राजस्वसँग सम्बन्धित प्रक्रियागत तथा सङ्गठनात्मक व्यवस्थामा समयानुकूल परिवर्तन गर्नका लागि यो समितिमार्फत सरकारलाई सुझाव जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयात निर्यात दुवैमा गिरावट आउँदा वीरगञ्ज भन्सारको कारोबार घट्यो

वीरगञ्ज । प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय मार्फत् हुने आयात र निर्यात

दूध बिक्री नहुँदा दाङका किसान चिन्तित

तुलसीपुर । दाङ राप्ती गाउँपालिका–६ पत्थरगढवास्थित  मनिराम चौधरीले वर्षातले  धानबाली बगाएकामा चिन्ता व्यक्त

तरकारीखेतीबाट नाम र दाम दुवै

गलकोट ।  कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका–९ तित्याङका पदम

चीनतर्फ एक अर्ब ९६ करोडको सामान निर्यात हुँदा चीनबाट एकवर्षमा ६५ अर्बको सामान आयात

  रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३