नेप्सेमा १४ अंकको गिरावट



काठमाडौं साताको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से १४.४६ अंकले घटेर २०६२.०३ विन्दुमा कायम भएको हो। अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक ५.९१ प्रतिशतले बढेको थियो ।

नेप्से घटेसँगै बुधबारको तुलनामा कारोबार रकम पनि घटेको छ। यसदिन ३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २६४ कित्ता शेयर ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७४१ रुपैयाँमा खरिदबिक्री भए ।

२२ करोड भन्दाबढी मूल्यको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो । सगरमाथा जलविद्युतको ११ करोड बराबर मूल्यको सेयर कारोबार हुँदा जोशी हाइड्रोपावरको १० करोड,एनआईसी एसिया बैंक र हिमालयन ऊर्जा विकासको ८ करोड मूल्य बढीको शेयर कारोबार भयो ।

१३ वटा उपसमूहमध्ये १२ वटाको सूचक नकारात्मक देखिएका छन्। मनु एन्ड प्रोबाहेक १२ वटा उपसमूहको सूचक घटेको हो। कारोबारमा आएका कम्पनीमध्ये ७९ को मूल्य बढ्दा १६३ को मूल्य घट्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दश महिनामा मेची भन्सारद्वारा ११ अर्ब ५९ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा ११

बाघखोरलाई घरबास गाउँ घोषणा

त्रिवेणी । नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती–१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ४० हजार नौ सय रुपैयाँ 

काठमाडौँ ।  आइतबार सुनको मूल्य तोलामा  एक हजार ६ सय रुपैयाँले वृद्धि भएको

अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुने

वागमती । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ