विगतका सरकारहरूको गलत नीतिले अर्थतन्त्र अझै समस्यामाः अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको बेथितिलाई ट्रयाकमा ल्याउन अझै केही समय लाग्ने बताएका छन् । बुधबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को पहिलो वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले विगतका सरकारहरूले अर्थतन्त्रको अवस्था विपरीत खर्च गरेको र त्यसको असर अहिलेसम्म पनि कायम रहेको बताए ।

उनले सरकारले बिग्रिएको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याउने प्रयास गरिरहेको बताए । उनले भने, ‘कम्तिमा श्रीलंका बन्छ भन्ने अवस्थाबाट हामीले माथि उठाएर ल्याएका छौँ । समग्रमा देशको अर्थतन्त्रमा सुधार हुँदै आएको कुरा तथ्यांकले नै देखाइरहेको छ ।’

उनले दोब्बर हुन्छ भन्ने सोचेर मान्छेहरूले ऋण लिएर घरजग्गामा धेरै लगानी गर्दा घरजग्गाको व्यापार शिथिल बनेको बताए । परिस्थितिको राम्रो आंकलन नै नगरी कारोबार गर्दा समस्या आएको उनको भनाइ थियो ।

उनले भने, ‘ऋण लिने र दिने दुवैले स्थितिको मुल्यांकन गर्न नसकेको अवस्था देखिएको छ, त्यसैले ऋणीलाई मात्रै होइन, बैंकहरुलाई पनि कडाइ गर्नुपर्ने अवस्थाबारे राष्ट्र बैंकसँग समन्वय भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकार फेर्ने माखेजालोमा दलका नेता फस्दै जाँदा जनतामा निराशा पैदा भयोः उपसभापति गुरुङ(अन्तरवार्ता)

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले लोकतन्त्रको विकल्प भनेको सम्मुन्नत

स्वास्थ्य बीमा गराएका काठमाडौँ महानगरभित्रका एक लाख बिमितको कार्ड जेठ १ गते जारी हुने

काठमाडौँ । स्वास्थ्य बीमा गराएका काठमाडौँ महानगरपालिकाभित्रका १ लाख बिमितको कार्ड जेठ १

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी। बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर

यसरी फिर्ता ल्याइयो अमेरिका पुर्याइएका पुरातात्विक महत्वका २४ वटा मूर्ति

वासिङ्टन, डिसी । अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको