शेयर बजारमा बृद्धि, साढे दुई अर्बको कारोबार



 

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक नौ दशमलव ४४ अङ्कले बढेर दुई हजार ८५ दशमलव ७१ बिन्दुमा कायम भएको छ ।

आज तीन सय १५ कम्पनीको ७६ लाख २४ हजार तीन सय ७६ कित्ता शेयर ६६ हजार पाँच सय ५९ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ५९ करोड १५ लाख ३४ हजार नौ सय सात बराबरको कारोबार भएको छ ।

व्यापार समूहको उपसूचक शून्य दशमलव ५४ र अन्य समूहको उपसूचक शून्य दशमलव ५५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचकमा एक दशमलव ०७ प्रतिशतको वृद्धि देखिएको छ ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव नौ प्रतिशतले बढेको छ भने सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ३३ करोड ७६ लाख दुई हजार चार सय ७० बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को पाँच लाख तीन हजार नौ सय कित्ता शेयर खरिदबिक्री भइको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

  काठमाडौँ । स्थानीय बजारमा शुक्रबार पहेँलो धातुको मूल्य तोलामा  एक हजार एक

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी। बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर

सरकारले निर्माण व्यवसायीको झण्डै ५० अर्ब भुक्तानी गर्न बाँकी

काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई चुस्त र प्रभावकारी बनाउने भएको

अर्थमन्त्रीसँग राष्ट्रसङ्घको सहायक महासचिवद्वारा भेट

काठमाडौं । संयुक्त राष्ट्रसंघका सहायक महासचिव एवम् राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का एसिया