कसैको इच्छा पूर्ति गर्नका लागि अपवित्र साँठगाँठ गरी नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिए प्रतिरोध हुन्छः महामन्त्री थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ स्टक एक्सचेन्जको अनुमति दिने प्रक्रिया अघि नबढाउन सरकारलाई आग्रह गरेका छन् ।

शनिबार सामाजिक संजालमार्फत महामन्त्री थापाले कुनै बेला सरकार आफैंले रोकेको स्टक एक्सचेन्जको अनुमति बाँड्ने निर्णय पुनः अर्को अध्ययन नगरी अगाडि बढाउन लागेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्,‘सरकारले उपयुक्त अध्ययन बिना दीर्घकालीन महत्वका निर्णय लिनु भनेको पनि कुशासन हो। यस्तै भएको छ, नयाँ स्टक एक्सचेन्जको अनुमति दिने प्रक्रियामा ! कुनै बेला सरकार आफैंले रोकेको स्टक एक्सचेन्जको अनुमति बाँड्ने निर्णय पुनः अर्को अध्ययन नगरी अगाडि बढाउन लागेको खबरहरू आएका छन् । पुँजी बजारको अवस्था र आवश्यकता बारे थप अध्ययन भएर आवश्यकता पहिचान नभएसम्म यो अनुमति दिने प्रक्रिया रोकिनुपर्छ। सरकारले कुरा सुशासनका गर्ने, काम कुशासनका गर्ने गर्न मिल्दैन।’

महामन्त्री थापाले अध्ययन नगरी यसबाट आफूलाई अर्को काण्ड आउँछ कि भन्न डर लागेको बताए । उनले प्रधानमन्त्रीलाई यसलाई अघि नबढाउन आग्रह गरेका छन् । उनले भने, ‘हामीले यो कुरा प्रधानमन्त्रीज्यूलाई भेटेरै भनेका छौं र सार्वजनिक रूपमा पनि खबरदारी गराउन चाहन्छौँ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जसपाबाट प्रदीप यादव स्वास्थ्य र हसिना खान राज्यमन्त्री नियुक्त

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको

फौजदारी आरोप लगाएपछि सदनमा जवाफ दिन त पाउनुपर्छः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले एक पटक सदनमा बोल्न पाउनुपर्ने

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीको आग्रह

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँँ लगानीकर्ताले सोमबार भेट

जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ