आन्तरिक उत्पादन वृद्धि नुहँदा अर्थतन्त्रमा समस्याः गभर्नर अधिकारी


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ्ग क्षेत्रमा समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औं वार्षिकोत्सव कार्यक्रममा गभर्नर अधिकारीले बैंकिङ्ग क्षेत्रमा समस्या नभएको भन्दै एक अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति रोक्नुपर्ने बताए ।

उनले यो क्षेत्रलाई अझ व्यवस्थित गरेर लैजान सकिने बताए । उनले भने, ‘बजारमा अर्थको क्रियाकलाप बढ्नुपर्छ । ब्याजदर त धेरै तल आइसकेको छ । एक आपसमा जुन खालको दोषारोपण गरेर पन्छने चलन छ यसबाट हामी बाहिर आउनुपर्यो ।’

उनले आन्तरिक उत्पादन वृद्धि नुहँदा अर्थतन्त्र आयातमा निर्भर हुनुपरेको बताए । गभर्नर अधिकारीले मैद्रिक नीतिको पहिलो समीक्षा गर्न लागेको उल्लेख गर्दै त्यसका लागि ढिला नभएको बताए ।