दाङका किसानले पाएनन् धानको समर्थन मूल्य



 

देउखुरी । दाङमा किसानले धानको समर्थन मूल्य पाउन सकेका छैनन् । जिल्लामा किसान तथा व्यापारीबीच आपसी सहमतिमा मूल्य निर्धारण गरी धान खरिद बिक्री भइरहेको छ ।  सरकारले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ९८ रुपैयाँ र मध्यम धानको तीन हजार तीन सय ६२ रुपैयाँ तोकेको पनि किसानले भने सो मूल्यभन्दा कममा बिक्री गर्न बाध्य भएका छन् ।

घोराही उपमहानगरपालिका–६ का मनोज चौधरीले गतवर्ष मोटा धान प्रतिक्विन्टल  दुई हजार चार सय रुपैयाँमा बिक्री गरेको र यसपाली व्यापारीसँगको सहमतिमा  दुई हजार सात सय रुपैयाँमा धान बिक्री गरेको बताए । उनले एक बिघा जमिनमा धानखेती गरेका छन् ।

घरमा भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बिक्री गर्न बाध्य भएको उनको भनाइ छ । “महँगोमा बीउ, मल र श्रमिक लगाएर धानखेती गर्नुपर्छ । तर धानको समर्थन मूल्य नपाउँदा लागानी खेर गएको जस्तो लाग्छ”, उनले भने ।

व्यापारीको मनोमानीका कारण आफूलाई समस्या परेको किसानको गुनासो छ । सरकारले तोकेको मूल्य यहाँ हालसम्म मूल्य लागू हुनसकेको उहाँहरुको गुनासो छ । लमही नगरपालिका–३ का बेजलाल चौधरीले पनि व्यापारीको सहमतिमा प्रतिक्विन्टल  दुई हजार नौ सय रुपैयाँमा स्थानीय व्यापारीलाई धान बिक्री गरेको बताए । समयमै पानी परेकाले यसवर्ष धान उत्पादन राम्रो भए पनि समर्थन मूल्य पाउन नसक्दा आम्दानी कम भएको उनको भनाइ छ ।

लमही नगरपालिका –५ स्थित कक्षपति राइस मिलले यसवर्ष मोटा धान प्रतिक्विन्टल  दुई हजार नौ सय र मसिनो धान प्रतिक्विन्टल तीन हजार दुई सयमा खरिद गरेको मिलका व्यवस्थापक मदन अधिकारीले बताए । गतवर्ष भन्दा यो वर्ष धानको मूल्य राम्रो रहेको बताए । मिलले धान खरिद गरेर चामल बनाइ बिक्री गर्ने भएकाले सरकारले निर्धारण गरेको मूल्यमा किसानको धान खरिद गर्न नसकेको उनको भनाइ छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले विगतका वर्षदेखि नै धान खरिद गर्न सकेको छैन । भौतिक पूर्वाधारको अभाव र जनशक्ति अभावका कारण धान खरिद गर्न नसकेको तुलसीपुर शाखाका प्रमुख तिलक सुनारले बताए । कम्पनीसँग हाल पाँच हजार क्विन्टल धान राख्न मिल्ने दुई वटा गोदाम छन् । कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्कअनुसार यस वर्ष ३८ हजार चार सय ९७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा ४५ अंकको बृद्धि

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ

दश महिनामा मेची भन्सारद्वारा ११ अर्ब ५९ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा ११

बाघखोरलाई घरबास गाउँ घोषणा

त्रिवेणी । नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती–१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ४० हजार नौ सय रुपैयाँ 

काठमाडौँ ।  आइतबार सुनको मूल्य तोलामा  एक हजार ६ सय रुपैयाँले वृद्धि भएको