पढाउन छोडेर कृषिमा लागेका होमनाथले गर्छन् वर्षमा आठ लाख रुपैयाँ बचत



नारायण विक, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–५ पित्लेकका हुमनाथ लामिछाने जिल्लामा सफल किसानको पहिचान बनाउ सफल भएका छन् । उनीद्वारा सञ्चालित पित्लेक कालिका कृषि फार्म पछिल्लो समय अध्ययन, अवलोकन र अनुसन्धानको उत्कृष्ट थलो बनेको छ । दुई दशकअघि गाउँकै वयोवृद्धा यज्ञप्रसाद लामिछानेको प्रेरणा पाएपछि शिक्षण पेसा बीचमै छाडेर हुमनाथ व्यावसायिक तरकारी खेतीमा लागेका थिए ।

उनले गोलभेँडा, काउली, बन्दा, काँक्रो, सिमी, बोडी, अकबरे खुर्सानीलगायतका तरकारी फलाउँदै आएका छन् । उनको फार्ममा पाँच सय ५० बोट सुन्तला, तीन सय बोट कफी, १८ घार माहुरी र गड्यौलासमेत छन् । उनले फार्मबाट वार्षिक १२ लाखको कृषि उपज बिक्री हुने गरेको जनाउँदै खर्च कटाउँदा आठ लाख बचत गर्ने गरेको बताए ।

उनले गड्यौलाबाट उत्पादित मल भने आफ्नै तरकारी बारीमा प्रयोग गर्दै आएका छन् । किसान हुमनाथले स्थानीय बजार र पोखरामा यहाँ उत्पादित कृषि उपज बिक्री गर्दै आएका छन् । उनले आफ्नो छोरा सन्तोषलाई पनि कृषि पेसामै स्थापित गराउने उद्देश्यले हरेक काममा सरिक बनाउँदै आएका छन् ।

‘विसं २०६२ मा आइपीएम तालिम लिएपछि व्यवसायलाई अझ व्यवस्थित बनाउँदै अगाडि बढेँ’, उनले भने, ‘हालसम्म सात जति तालिम तथा प्रशिक्षण लिएको छु, एक–दुईहप्ते तालिमले भन्दा पनि मेरो कृषि कर्मप्रतिको लगाव, निरन्तर, प्रयोग र अभ्यासले मलाई पूर्ण बनाएजस्तो लाग्छ ।’

पित्लेकमा २६ र खहरेमा १० गरेर उनले कुल ३६ रोपनी क्षेत्रफलमा कृषि व्यवसाय गरेका छन् । उनको सात स्थायी टनेल छन् । फार्मभित्र जङ्गली जनावर नपसुन् भनेर फलामे तारबारसहित कम्पाउण्ड घेरिएको छ । पानी सङ्कलन गर्ने पोखरी पनि छ । वालिङ नगरपालिका–१ खहरेमा समेत दुईवटा टनेल छन् । उनीसँग हातेट्रयाक्टर, पावर स्प्रे, स्प्रेलगायतका आधुनिक उपकरण छन् । उनले गएको वर्ष ५० क्वन्टिल सुन्तला बिक्री गरेर रु तीन लाख, तीन सय किलो कफी उत्पादन गरेर रु ३५ हजार र ९० लिटर मह उत्पादन गरेर एक लाख ५० हजार आम्दानी गरेको बताए ।

चार लाख रुपैयाँ लगानीबाट सुरु भएको हुमनाथको लगानी बढेर अहिले २५ लाख पुगेको छ । ‘सडकको अभावमा पहिले–पहिले दुई घण्टा लगाएर डोकोमा तरकारी बेच्न त्रियासी पुग्नुपर्ने बाध्यता थियो’, उनले भने, ‘अहिले सडक बनेपछि उत्पादित सामान बजार पुर्याउन सहज भएको छ ।’

हुमनाथले आफूले गरेको व्यवसायबाट सन्तुष्ट रहेको बताए । ‘गुणस्तरीय सामान उत्पादन गर्नेलाई बजारको कुनै समस्या छैन, उत्पादन गर्न सके बजारमा गाउँको अग्र्यानिक तरकारी भनेपछि खोसाखोस हुन्छ’, उनले थपे, ‘नाफाघाटा नहेरी बाह्रै महिना तरकारी फलाउने योजनासहित लाग्न सकेमा व्यवसाय टिकाउन सकिन्छ, बिस्तारै उत्पादित सामग्रीको पनि उचित मूल्य पाउन सकिन्छ ।’

उनले बाली विज्ञान पढिरहेका विद्यार्थी आफ्नो फार्ममा बसेर अध्ययन अवलोकन गर्ने गरेको बताए । ‘स्याङ्जासहित बाहिरी जिल्लाका विभिन्न कृषकसहित व्यक्ति मेरो फार्म हेर्न आउनुहुन्छ, मलाई हौसला दिएर जानुहुन्छ’, उनले खुसी व्यक्त गरे, ‘यसरी मानिस मेरो कर्म हेर्न आउँदा मलाई आत्मसम्मान र आत्मगौरव मिलिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र अवसर छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना

मे १ देखि चीन जाने नेपालीलाई भिषा शुल्क नलाग्ने

  काठमाडौँ ।  छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ

प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानीको चन्द्रागीरि नगरपालिका–८ स्थित हालसम्म देशकै

सम्पत्ति शुद्धीकरण मुद्दामा लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद र २५ करोड जरिवाना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक समितिका