पहिलो त्रैमासमा राजस्व सङ्कलन १५ र बजेट खर्च १६ प्रतिशत



 

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा सरकारको राजस्व सङ्कलन र बजेट खर्च दुवैको अवस्था न्यून देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार असोज मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको १५ दशमलव ९३ प्रतिशत राजस्व सङ्कलन गरेको छ भने १६ दशमलव ०२ प्रतिशत बजेट खर्च गरेको छ ।

चालु आवका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । पहिलो त्रैमासिक अवधिमा  दुई खर्ब ८० अर्ब ५७ करोड २५ लाख बराबर बजेट खर्च भएको छ । जुन खर्च वार्षिक विनियोजनको १६ दशमलव दुई प्रतिशत बराबर हो ।

यो अवधिमा सरकारले चालुतर्फ १८ दशमलव ६९, पुँजीगततर्फ पाँच दशमलव नौ र वित्तीय व्यवस्थातर्फ १६ दशमलव ०५ प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कबाट देखिन्छ । चालु शीर्षकमा  ११ खर्ब ४१ अर्ब ७८ करोड बराबरको वार्षिक बजेट रहेकोमा असोज मसान्तसम्ममा दुई खर्ब १३ अर्ब ३९ करोड बराबर खर्च भएको छ ।

त्यस्तै, पुँजीगत शीर्षकमा  तीन खर्ब दुई अर्ब सात करोड बराबरको वार्षिक बजेट रहेकामा हालसम्म  १७ अर्ब ८३ करोड ३१ लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा  तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर बजेट छुट्याइएकामा पहिलो त्रैमास अवधिमा  ४९ अर्ब ३४ लाख ९० हजार बराबर खर्च भएको छ ।

हालसम्मको सरकारी राजस्व सङ्कलन हेर्दा  दुई खर्ब ३४ अर्ब ६३ करोड २४ लाख बराबर रहेको छ । जुन वार्षिक लक्ष्यको १५ दशमलव ९३ प्रतिशत बराबर हो ।  लागि १४ खर्ब ७२ अर्ब ४८ लाख ४७ हजार बराबर वार्षिक राजस्व उठाउने लक्ष्य राखेको छ ।

पहिलो त्रैमासमा सङ्कलन भएको राजस्वमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको १५ दशमलव २८ प्रतिशत अर्थात एक खर्ब ९९ अर्ब ४६ करोड २१ लाख र गैरकर राजस्वतर्फ वार्षिक लक्ष्यको १६ ददशमलव ७९ प्रतिशत अर्थात्  १९ अर्ब ६५ करोड ३० लाख बराबर रहेको छ ।

चालु आवका लागि ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म वार्षिक लक्ष्यको शून्य दशमलव १२ प्रतिशत अर्थात् ६ करोड १८ लाख बराबर अनुदान लिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पितापुर्खाको सीप पछ्याउँदै अक्करे भिरमा मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी

सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग

  कमलामाई (सिन्धुली) ।  बिपी राजमार्गअन्तर्गत पर्ने सिन्धुली चियाबारी–खुर्कोटमा सुरुङ मार्ग निर्माण थालनी

साना तथा घरेलु उद्योगको प्रवद्र्धन गर्न सरकार जिम्मेवार हुनुपर्छ : राष्ट्रपति पौडेल

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु

अर्गानिक तरकारी खेतीमा रमाउँदै बाँकेका थारू महिला

बाँके । अर्गानिक तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारू महिला बिहानै तरकारी