नेप्सेमा १८ अंकको गिरावट



काठमाडौं । बुधबार शेयर बजार नेप्से दोहोरो अङ्कले घटेको छ । बुधबार नेप्से १८ दशमलव ६० अङ्कले घटेर दुई हजार चार दशमलव ३० विन्दुमा झरेको छ ।

सबै समूहको शेयर ओरालो लागेर बजार राताम्मे देखिएको छ । सबैभन्दा धेरै शुभम् पावर कम्पनी र लक्ष्मी भ्यालु–२ को शेयर १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार राताम्मे हुँदाको दिन आज मनकामना इन्जिरियङ हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशत तथा एसियन हाइड्रोपावर र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर झन्डै आठ प्रतिशतले बढेको छ ।

आज ७० लाख ६१ हजार कित्ता शेयर एक अर्ब ८१ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको सात करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बालुवाटारमा लघुवित्त पीडितहरुको प्रदर्शन

काठमाडौँ । मिटरब्याज र लघुवित्त पीडितहरुले बालुवाटारस्थित राष्ट्र बैंकमा धर्ना दिएका छन् ।

शेयर बजारमा लगातार गिरावट

काठमाडौं । साताको चौथो दिन बुधबार पनि शेयर बजार नेप्से ओरालो लागेको छ

लघुवित्त र सहकारीका समस्या चाँडै समाधान हुने प्रधानमन्त्रीको आश्वासन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका

चिस्यान केन्द्र बनेपछि मुस्ताङका किसान लाभान्वित, सिजन नभए पनि मुस्ताङका स्याउ बजारमा

म्याग्दी । मुस्ताङका किसानले चिस्यान केन्द्रमा भण्डारण गरेर बेसिजन पनि स्याउ बेच्न थालेका