‘मोबाइल एप्स’मार्फत कृषि परामर्श



 

चितवन । चितवनको कालिका नगरपालिकाका किसानले ‘मोबाइल एप्स’ मार्फत कृषि परामर्श लिन थालेका छन् । उनीहरुले कृषि बालीमा देखिने समस्याको समाधान, विषादीको प्रयोग र बजार मूल्यको जानकारी एप्समार्फत लिने गरेका हुन् ।

कालिका नगरपालिका–५ का दीपक महतोे बालीमा समस्या देखा पर्दा परामर्श लिन निकै सकस हुने गरेकामा यतिखेर भने एप्सका कारण समस्या नभएको बताउँछन् । उनले घरमै बसेर मोबाइलबाट नै परामर्श लिन थालेका छन् ।

“उत्पादित वस्तुको फोटो खिचेर जिओ कृषि एपमा राख्दिन्छौँ, मूल्य र परिमाण पनि त्यसैमा हुन्छ”, खुसी हुँदै महतोले भने, “त्यहाँबाट विषादी कुन हाल्ने, के समस्या देखियो भन्ने सुझाव आउँछ ।” बजार मूल्य पनि त्यही एपमार्फत हेर्ने गर्छन् । मूल्य पाउना साथ एपमार्फत बिक्री गर्दै आएको उनले सुनाए ।

“मोबाइलमा एपबाट मूल्य हेर्न पाउने हुँदा विचौलियाले खान पाएका छैनन्”, उनेल भने, “बाख्रालाई समस्या पर्दासमेत मोबाइलबाट नै परामर्श लिने गरेको छु ।” उनका पाँच बाख्रा छन् । विगतमा उनलाई कृषि प्राविधिकसँग भेट्न दिनभरको समय खर्च गर्नु पर्दथ्यो । आजभोलि कृषि प्राविधिकको आवश्यकता नपरेको उनले बताए ।

पदमपुरको दिप सामाजिक उद्यम महिला सहकारी कृषकले उत्पादन गरेको तरकारी बिक्री नभएर कुहिने गरेको थियो । अहिले त्यस्तो समस्या छैन । समूहमा आबद्ध तीन सय ५८ महिलाले फलाएको तरकारी तथा फलफूल ‘जिओ कृषि’ नामक मोबाइल एपमार्फत प्रदर्शन गरेर बिक्री गरिरहेको संस्थाकी अध्यक्ष खिमा चौधारीले बताइन् ।

सहकारी संस्थाले महिलालाई मोबाइल एप चलाउनका लागि १५ दिनको प्रशिक्षण दिएको थियो । अहिले कृषिसम्बन्धी एप खोजेर मोबाइलमा ‘इन्स्टल’ गर्छन् । उनीहरुले घरबाट नै कृषिसम्बन्धी परामर्श लिन थालेका छन् । मौसम, बीउबिजन, मल खाद, सिँचाइ, बिरुवा उत्पादनलगायत विषयमा जानकारी लिन एप उपयोगी हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को

शेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक

‘अमेरिकी राष्ट्रपति ट्रम्पले युएसएडको सहयोगलाई ‘फ्रड’ भन्नुभएको हो भने बुझ्नुपर्छ’

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सांसदहरुले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड)मार्फत्

सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला एक लाख