काठमाडौं । बिहीबार पनि शेयर बजार नेप्से ओरालो लागेको छ । बिहीबार नेप्से २९ दशमलव ७१ अङ्कले घटेर दुई हजार एक सय २६ दशमलव ४८ विन्दुमा झरेको छ ।
सबै समूहको शेयर घटेकोमा होटल, विकास बैंक, उत्पादन र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सबैभन्दा धेरै किसान लघुवित्तको शेयर साढे आठ प्रतिशत तथा माइखोला हाइड्रो र प्रोग्रेसिभ फाइनान्सको शेयर पाँच प्रतिशतले घटेको छ ।
समग्रमा बजार राताम्मे हुँदा एनआईसी एसिया फ्लेक्सी क्याप फन्डको शेयर साढे सात प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको शेयर छ प्रतिशतले बढेको छ । बजारसँगै कारोबार रकममा पनि निकै कमी आएको छ ।
आज ६२ लाख ७१ हजार कित्ता शेयर दुई अर्ब ४२ करोड ५७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया