नेप्सेमा दोहोरो अंकको गिरावट


काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से दोहोरो अङ्कले घटेको छ । आइतबार ५३ अङ्कले घटेको नेप्से सोमबार २१ दशमलव ३२ अङ्कले घटेर दुई हजार ७५ दशमलव ९७ विन्दुमा झरेको छ ।

सोमबार होटल तथा पर्यटन र व्यापारबाहेक सबै समूहको शेयर घटेको छ । आज दुई सय ७६ वटा कम्पनीका ९४ लाख १८ हजार कित्ता शेयर चार अर्ब पाँच करोड रुपैयाँमा किनबेच भएको छ ।

सबैभन्दा धेरै हिमालयन लाइफ इन्सुरेन्सको २३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोमबार एक सय ७४ वटा कम्पनीको शेयर घट्दा लक्ष्मी इक्विटी फन्डको शेयर सबैभन्दा धेरै नौ झन्डै प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सिवाईसी नेपाल लघुवित्त, बीपीडब्ल्यू लघुवित्त र सिटी होटलको शेयर १० प्रतिशतले बढेको छ ।