ह्वात्तै घट्यो नेप्से


काठमाडौं । बुधबार शेयर बजार नेप्से ३५ दशमलव ३७ अङ्कले घटेको छ । मङ्गलबार झन्डै ५७ अङ्कले बढेको नेप्से बुधबार घटेर दुई हजार एक सय ५० दशमलव ९९ विन्दुमा झरेको छ ।

बुधबार जीवन बीमाबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । बजार घटे पनि कारोबार रकम भने बढेर छ अर्ब रुपैयाँ नजिक पुगेको छ । आज दुई सय ८० वटा कम्पनीका एक करोड ३३ लाख कित्ता शेयर पाँच अर्ब ९७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमालयन लाइफ इन्सुरेन्सको ८३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भयो । आज इन्ग्वा हाइड्रोपावर, खप्तड लघुवित्त र तारागाउँ रेजेन्सी होटलको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटे पनि आज हिमालयन लाइफ इन्सुरेन्स, बीपीडब्ल्यू लघुवित्त र सिटी होटलको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किक लागेको छ ।