काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्ष शिक्षा भट्टचन चयन भएकी छिन् । जेठ २६ गते भएको साधारणसभाले कम्पनीको अध्यक्षमा शेरचनलाई निर्वाचित गरेको हो । संस्थापक शेयरधनीहरुको तर्फबाट अध्यक्ष भट्टचनसहित चार जना सञ्चालक निर्वाचित गरिएको हो ।
अध्यक्ष भट्टचनका साथै सदस्यहरू सुशान शेचरन, मिजास भट्टचन र श्याम कृष्ण श्रेष्ठ निर्वाचित भएका हुन् । शिक्षा देवीप्रकाश भट्टचनको छोरी हुन् । उनी यसअघि प्रभु इन्स्योरेन्सको सञ्चालक समितिको सदस्य थिइन् ।

प्रतिक्रिया