नेप्सेमा ३२ अंकको बृद्धि


काठमाडौ । बिहीबार शेयर बजार नेप्से उकालो लागेको छ । बिहीबार नेप्से ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७ दशमलव ३२ विन्दुमा पुगेको छ ।

बिहीबार सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ । दुई सय ६४ वटा कम्पनीका ४४ लाख २२ हजार कित्ता शेयर एक अर्ब ४७ करोड ४७ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको आठ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै हिमालयन ऊर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतका दरले बढेको छ । समग्रमा बजार हरियाली भए पनि आज किसान लघुवित्त, सामुदायिक लघुवित्त र युनिक नेपाल लघुवित्तको शेयर झन्डै दुई प्रतिशतले बढेको छ ।