नेप्सेमा सामान्य अंकको गिरावट


काठमाडौं । बिहीबार शेयर बजार नेप्से ओरालो लागेको छ । बुधबार दुई अंकले घटेको नेप्से बिहीबार ३ दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय ३८ विन्दुमा झरेको छ ।

आज बैंकिङ, जीवन बीमा र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा निर्जीवन बीमा, विकास बैंक, माइक्रोफाइनान्स, व्यापार र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय ५० वटा कम्पनीको २१ लाख पाँच हजार कित्ता शेयर ५७ करोड ८८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको तीन करोड १५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको शेयर सबैभन्दा धेरै झन्डै छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आत्मनिर्भर लघुवित्तको शेयर सबैभन्दा धेरै छ प्रतिशतभन्दा धेरैले बढेको छ ।