शेयर बजारमा १९ अंकको गिरावट


काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्सेमा उच्च अंकको गिरावट आएको छ । आइतबार नेप्से १९ दशमलव १२ अङ्कले घटेर एक हजार आठ सय ५० दशमलव ६१ बिन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेकोमा फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले घटेको छ । बजारसँगै कारोबार रकममा पनि निकै कमी आएको छ । २ सय ६३ वटा कम्पनीका २० लाख १५ हजार कित्ता शेयर ६० करोड ८१ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको ३ करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर ८ प्रतिशत र इस्र्टन हाइड्रोपावर कम्पनीको शेयर साढे सात प्रतिशतले बढेको छ।