काठमाडौं । शेयर बजार नेप्से बिहीबार झन्डै १६ अङ्कले घटेको छ । बिहीबार नेप्से १५ दशमलव १३ अङ्कले घटेर एक हजार नौ सय शून्य चार विन्दुमा झरेको हो । आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो घटेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने हिजोको भन्दा केही बढेको छ ।
आज दुई सय ६७ वटा कम्पनीका ३२ लाख कित्ता शेयर ९८ करोड ३३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको पाँच करोड ७५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । आज एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ र आदर्श लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया