केही नीतिगत काम गरे केही महिनामै अर्थतन्त्र लयमा फर्किन्छः वरिष्ठ उपाध्यक्ष ढकाल


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र संकटमा रहेको भन्दै त्यसलाई तत्काल सुधार गर्नु पर्ने बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्ष ढकालले विगतमा लिएका कतिपय नीतिका कारण अर्थतन्त्रमा संकट आएको बताए ।

उनले अवस्था भयावह हुनुअघि नै सकारात्मक पहल थाले समाधान निस्कने बताए । उनले केही नीतिगत काम गरे केही महिनामै अर्थतन्त्र लयमा फर्किने बताए । उनले राष्ट्र बैंक र सरकारले केही सहजीकरण गरे समस्या समाधान हुने बताए । ढकालले सरकार, नियामक र निजी क्षेत्रबीच बृहत्त बिमर्श गरेर समाधान निकाल्न सकिने बताए।