ऋण लिदा लिने शुल्कका बारेमा राम्रोसँग बुझौंः राष्ट्र बैंक



काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिंदा लिने शुल्कका बारेमा राम्रोसँग जानकारी लिन सर्वसाधारणसँग आग्रह गरेको छ ।

कर्जा उपयोग गर्दा ब्याज मात्र नभई अन्य विभिन्न शुल्कहरु भुक्तानीका बारेमा समेत जानकारी लिन बैंकले अनुरोध गरेको हो ।

शुल्कका बारेमा कर्जा प्रदान गर्ने संस्थासँग विस्तृतमा छलफल गरी प्रष्ट भएपछि मात्र कारोबार गर्न पनि केन्द्रीय बैंकले अनुरोध गरेकाको छ । ऋणीलाई ब्याजदर तथा शुल्कका बारेमा सरल भाषामा बुझाउनु कर्जा प्रदान गर्ने संस्थाको दायित्व भएको केन्द्रीय बैंकको भनाइ छ ।

विगतमा खुला छोडिएको शुल्कसम्बन्धी व्यवस्थालाई २०७७ साउनदेखि नियमन गरी कर्जा स्वीकृत गर्दा वाणिज्य बैंकले बढीमा ०.७५ प्रतिशत, विकास बैंकले बढीमा १ प्रतिशत, फाइनान्स कम्पनीले बढीमा १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाले बढीमा १.५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको छ ।

यी संस्थाले तोकिएको बाहेक अन्य कुनै शुल्क लिन पाउँदैनन् । साथै कर्जासँग सम्बन्धित सम्पूर्ण लागतबारे जानकारी हासिल गरेरमात्र कर्जा लिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत