प्रधानमन्त्रीद्वारा आर्थिक अवस्थाबारे निजीक्षेत्रसँग छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका छन् ।

आइतबार प्रधानमन्त्रीले नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थसचिवलगायत बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरुसँग आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा छलफल गरेका हुन् ।

उनले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्याका बारेमा सरोकारवालाहरुसँग छलफल गरेका हुन् । पछिल्लो समय लघुवित्त,सहकारी र बैंकको ब्याजदरको विषयमा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानको लागि प्रधानमन्त्री दाहालले पहल थालेका हुन् ।

बैंक तथा वित्तिय क्षेत्रमा विशेष गरी लघुवित्तहरुले ऋणीहरुलाई मारमा पारको भन्दै लघुवित्त खारेजसम्मको माग ऋणीहरुले राख्दै आएका छन् ।

यता बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण तिर्न सक्दैनौं मिनाहा गर्नुपर्छ भन्ने सडक आन्दोलनमा एउटा समूह रहेको छ । प्रधानमन्त्रीले यीनै विषयमा सरोकारबालाहरुसँग छलफल शुरु गरेका हुन् ।

छलफलमा मुख्य सचिव शंकरदास बैरागी,नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा,नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल,नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल,नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी,लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उखु र दुध किसानको भुक्तानीका लागि दुई अर्ब निकासा

  काठमाडौँ । सरकारले उखु र दूध किसानको बक्यौता रकम भुक्तानीको प्रक्रिया अघि

कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा

भोजपुर। भोजपुरमा आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढेको छ । सरकारको

दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन

सरकारले पर्यटन क्षेत्रलाई सहज बनाउँदै लैजान्छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान तथा सहकारी विकासमन्त्री  प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन