लोकप्रियताका लागि व्यवसायीले जथाभावी बोल्न हुन्न : वरिष्ठ उपाध्यक्ष ढकाल



पर्वत । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सस्तो लोकप्रियताका लागि व्यवसायीले जथाभावी बोल्न नहुने बताएका छन् ।

पर्वत उद्योग वाणिज्य सङ्घको ४७औँ स्थापना दिवस तथा ४०औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भोटका लागि गैरजिम्मेवाररुपमा व्यवसायीले जथाभावी बोल्न नहुने बताएका हुन् ।

“हामीले हूललाई खुसी पार्न व्यावहारिक रुपमा सम्भव नहुने लोकप्रिय कुरा गर्न हुन्न”, उनले भने । उपाध्यक्ष ढकालले व्यवसायी साथीहरूले चुनावी फण्डा बनाउने विषयले समाज र अर्थतन्त्रमा पार्ने जोखिमका बारेमा पनि विचार गर्न आग्रह गरे ।

कोभिड र रशिया–युक्रेन युद्धलगायत समस्याले गर्दा नेपालको अर्थतन्त्रमा मात्र नभई विश्व अर्थतन्त्रमा नै समस्या देखिएको बताउँदै उनले अब बिस्तारै धेरै कुरा सकारात्मक हुँदै गएको उल्लेख गरे ।

“अर्थतन्त्र अप्ठ्यारोमा थियो तर अहिले सुधारोन्मुख छ”, उनले भने,“बिस्तारै धेरै कुरामा सुधार देखिन सुरु भएको छ । हामी व्यवसायीको जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि किञ्चित् नहडबडाई निरन्तर सेवा प्रदान गर्ने गरेको इतिहास छ । हामी धेरै निराश हुनु हुँदैन । नैराश्यताले हामी आफैँलाई नै समस्यामा पार्छ ।”

आफू एउटा बैंकको सञ्चालक भएको नाताले धेरै ठाउँमा पटकपटक बैंकको ब्याजदरको विषय उठाउने गरेको भन्दै उनले धेरै व्यवसायी साथीलाई कुनै एउटा बैंकको सञ्चालकको चाहनाले मात्र बैंकको ब्याजदर परिवर्तन हुने भ्रम रहेको बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले जिल्ला नगरका व्यवसायीका हक, हित र संरक्षणका लागि आफूहरू लागिरहेको र निरन्तर लागि रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा सात अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा गिरावट आएको छ ।

हराए ‘पोखराको सम्झना’

जमुनावर्षा शर्मा, पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि

सुक्खा बन्दरगाह भन्सारः ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड संकलन

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा