जी-२० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल भारत प्रस्थान



काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छन् । जी २० का अर्थ मन्त्रीहरूको सम्मेलनमा भाग लिन उनी बिहीबार भारत गएका हुन् ।

जी २० का अर्थमन्त्रीहरूको सम्मेलन फागुन १२ र १३ गते भारतको बेङ्लोरमा हुने कार्यक्रम छ । मन्त्री पौडेलले सम्मेलनका साथै भारतलगायत विभिन्न देशका समकक्षीहरूसँग छलफल गर्ने कार्यक्रम छ । उनीसँगै अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारत गएका छन् ।

नेपाल जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो । जी २० मा भारत, चीन, जापान, अमेरिका, बेलायतलगायतका राष्ट्रहरू छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूकम्प प्रतिरोधी संरचना निर्माण आवश्यक: मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले भूकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिएका छन् ।

आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न मिसन प्रमुखहरुलाई परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले विश्वमा रहेका सबै नेपाली मिसनका प्रमुखहरुलाई राष्ट्रिय

सदन छलेर अध्यादेश ल्याउनु उचित होइनः प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले प्राप्त गरेको

निजामती कर्मचारीलाई ५८ वर्षमा अवकास नदिन सुझाव

  काठमाडौँ । जानकारहरुले नेपालको बदलिँदो जनसाङ्ख्यिक संरचना र स्वरुपअनुसार निजामती सेवालाई समयसापेक्ष