शेयर बजारमा उच्च अंकको बृद्धि



काठमाडौं । शेयर बजार नेप्से बुधबार उच्च अङ्कले बढेको छ । बुधबार नेप्से ३३ दशमलव ५७ अङ्कले बढेर दुई हजार ८० दशमलव ३८ विन्दुमा पुगेको छ ।

आज माइक्रोफाइनान्स, व्यापार र म्युचल फन्डबाहेक सबै समूहको शेयर बढ्दा बीमा, जलविद्युत् र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ ।

आज दुई सय ६९ वटा कम्पनीका ४७ लाख ७९ हजार कित्ता शेयर एक अर्ब ८० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको १३ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज लिबर्टी इनर्जी, छ्याङ्दी हाइड्रोपावर र दोर्दी खोला जलविद्युत् कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । बजार बढे पनि आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

काठमाडौँ । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । लगातार

आजदेखि सफा र सुकिलो नोट साट्न पाइने

  काठमाडौँ । नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा

यस्तो छ विदेशी मुद्राको विनिमय दर 

  काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

वर्षाले विभिन्न जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट विद्युत् भारतबाट आयात

काठमाडौँ । अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको