शेयर बजारमा २१ अङ्कको गिरावट



काठमाडौं । बिहीबार पनि शेयर बजार नेप्से दोहोरो अङ्कले घटेको छ । बिहीबार नेप्से २१ दशमलव १५ अङ्कले घटेर दुई हजार ७० दशमलव ४१ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेको छ ।

बजारसँगै कारोबार रकम पनि लगातार घटिरहेको छ । आज दुई सय ५६ वटा कम्पनीका ४७ लाख ४७ हजार कित्ता शेयर एक अर्ब ६८ करोड ४९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको पाँच करोड ३८ लाख र अपी पावर कम्पनीको पाँच करोड १३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै युनिलिभर नेपालको शेयर झन्डै छ प्रतिशत र सर्पोट लघुवित्तको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि राप्ती हाइड्रो कम्पनीको शेयर आज साढे पाँच प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ विदेशी मुद्राको विनिमय दर 

  काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

वर्षाले विभिन्न जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट विद्युत् भारतबाट आयात

काठमाडौँ । अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको

दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता गर्न मन्त्रालयको निर्देशन

  काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवा र ‘इन्टरनेट’ सेवा

उखु र दुध किसानको भुक्तानीका लागि दुई अर्ब निकासा

  काठमाडौँ । सरकारले उखु र दूध किसानको बक्यौता रकम भुक्तानीको प्रक्रिया अघि