शेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । शेयर बजार नेप्से बुधबार १३ दशमलव ९० अङ्कले घटेको छ । मङ्गलबार १६ अङ्कले घटेको नेप्से बुधबार १३ दशमलव ९० अङ्कले घटेर दुई हजार ९१ दशमलव ५६ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेको छ ।

बजारसँगै कारोबार रकम पनि घटेको छ । दुई सय ५६ वटा कम्पनीका ४८ लाख १५ हजार कित्ता शेयर एक अर्ब ७३ करोड २५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको छ करोड २० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज गरिमा डिबेन्चर २०८५ को शेयर १० प्रतिशतले र विजय लघुवित्त र माहुली लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै युनिलिभर नेपालको शेयर साढे आठ प्रतिशत र बाराही हाइड्रोको शेयर साढे सात प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा ४५ अंकको बृद्धि

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ

दश महिनामा मेची भन्सारद्वारा ११ अर्ब ५९ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा ११

बाघखोरलाई घरबास गाउँ घोषणा

त्रिवेणी । नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती–१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ४० हजार नौ सय रुपैयाँ 

काठमाडौँ ।  आइतबार सुनको मूल्य तोलामा  एक हजार ६ सय रुपैयाँले वृद्धि भएको