टर्कीका भूकम्प पीडितलाई उद्योग वाणिज्य महासङ्घको राहत



काठमडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले टर्कीएका भूकम्प पीडितलाई राहत सामग्री सहयोग गरेको छ ।

प्रभावित क्षेत्रमा पठाउनका लागि महासङ्घले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायतास्थललाई सहायता सामग्री हस्तान्तरण गरेको छ ।

महासङ्घले मंगलबार विज्ञप्ति जारी गरी सहयोग सामग्रीमा ज्याकेट, टाउजर, स्लीपीङ ब्याग, सेनेटरी प्याड, डाइपर, मेडिकल ग्लब्स, ब्याण्डेज, अक्सिजन मास्क, क्यानुला, स्कीन सेटप्लर, आइभी सेटलगायत रहेको जनाएको छ । सहायता सामग्रीका लागि महासङ्घको सदस्य संस्था रसायन तथा मेडिकल आपूर्ति सङ्घ नेपालको समेत सहयोग रहेको विज्ञप्तिमा उल्लेख छ ।

महासङ्घले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिमा परेका टर्कीएका नागरिकका लागि राहत सामग्री पठाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा ४५ अंकको बृद्धि

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ

दश महिनामा मेची भन्सारद्वारा ११ अर्ब ५९ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा ११

बाघखोरलाई घरबास गाउँ घोषणा

त्रिवेणी । नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती–१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ४० हजार नौ सय रुपैयाँ 

काठमाडौँ ।  आइतबार सुनको मूल्य तोलामा  एक हजार ६ सय रुपैयाँले वृद्धि भएको