शेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । शेयर बजार नेप्से मंगलबार १६ अङ्कले घटेको छ । मंगलबार नेप्से १६ दशमलव ४० अङ्कले घटेर २ हजार १ सय ०५ दशमलव ४६ विन्दुमा झरेको छ ।

आज उत्पादनबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओराले लागेको छ ।

बजार घटेको दिन दुई सय ५५ वटा कम्पनीका ४६ लाख ८५ हजार कित्ता शेयर १ अर्ब ७८ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको ७ करोड ७८ लाख र ङादी ग्रुप पावरको ७ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज बाराही हाइड्रोपावरको शेयर सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि युनिलिभर नेपालको शेयर सबैभन्दा धेरै ६ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आठ खर्ब ५३ अर्ब लागतका आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी

काठमाडौँ ।  सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै आठ खर्ब ५३ अर्ब

नेप्सेमा ४५ अंकको बृद्धि

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ

दश महिनामा मेची भन्सारद्वारा ११ अर्ब ५९ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा ११

बाघखोरलाई घरबास गाउँ घोषणा

त्रिवेणी । नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती–१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ