कोइला अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द



हेटौंडा । कोइलाको अभावमा हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ । उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आपूर्तिको बोलपत्र आह्वान गरेर पहिलो र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला ल्याउने क्रममा रहेको जनाएको छ ।

उद्योगमा पर्याप्त कोइला भण्डारण गरेपछि आगामी फागुन ५ गते भित्र सिमेन्ट उत्पादन गर्ने तयारी गरिएको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।

उनका अनुसार उद्योगले गुणस्तरीय कोइला भारत, इन्डोनेसिया, भूटान र पाकिस्तानबाट आयात गरी ल्याउँदै गरेको जानकारी दिए । उद्योगबाट उत्पादित सिमेन्ट काठमाडौँ, हेटौँडालगायत सहरमा आपूर्ति भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वर्षाले विभिन्न जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट विद्युत् भारतबाट आयात

काठमाडौँ । अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको

दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता गर्न मन्त्रालयको निर्देशन

  काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवा र ‘इन्टरनेट’ सेवा

उखु र दुध किसानको भुक्तानीका लागि दुई अर्ब निकासा

  काठमाडौँ । सरकारले उखु र दूध किसानको बक्यौता रकम भुक्तानीको प्रक्रिया अघि

कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा

भोजपुर। भोजपुरमा आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढेको छ । सरकारको