झापामा पाँच सय पाँच उद्योग दर्ता



झापा । झापामा छ महिनामा एक अर्ब बढीको उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्ममा स्थायी र चालु गरी एक अर्ब ३१ करोड ३८ लाख ८९ लाख कूल पुँजी भएको पाँच सय पाँच वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए ।

जिल्लामा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएकामध्ये झण्डै ४४ प्रतिशतअर्थात् दुई सय २२ वटा कृषि तथा वनजन्य उद्योग छन् । दर्ता भएकामा उत्पादनमूलक ७९ र सेवामूलक दुई सय चार रहेको कार्यालयका कर्मचारी चन्द्र पौडेलले जानकारी दिए ।

साउनमा एक सय सात, भदौमा एक सय ४४, असोजमा ५३, कात्तिकमा ४९, मङ्सिरमा ७७ र पुसमा ७५ वटा उद्योग दर्ता भए ।

दर्ता भएका ती उद्योगमा महिला र पुरुष गरी पाँच सय ४२ उद्यमी छन् । ती उद्योग सञ्चालनमा आएमा एक हजार दुई सय ८९ जनाले रोजगारीसमेत पाउने देखिन्छ ।

दर्ता भएका उद्योगको उत्पादन क्षमता वार्षिक एक अर्ब ३९ करोड ६० लाख चार हजार छ । उद्योग दर्ताबापत कार्यालयले २० लाख १० हजार सात सय राजस्व सङ्कलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने

कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय