ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा



काठमाडौं । कर्मचारी सञ्चय कोषले ऋण नतिरेको भन्दै ललितपुरको इमाडोलस्थित कोहिनुर हिल हाउजिङ प्रालिका नाममा रहेको जग्गा तथा निर्माणाधीन आवासीय भवन लिलाम बिक्री गर्ने भएको छ ।

कोेषले शुक्रबार सूचना जारी गरी व्यवसायी सुधीर बस्नेतको स्वामित्वमा रहेको हाउजिङको लिलामी प्रक्रिया अघि बढाएको हो ।

कोहिनुर हिल हाउजिङका नाममा रहेको ललितपुर साविकको इमाडोल गाविस वडा नं ४ रहेको १०–९–२–० जग्गा तथा त्यहाँ निर्माणाधीन आवासीय भवन खरिदका लागि कोषले सिलबन्दी आह्वान गरेको छ । कोहिनुर हिल हाउजिङ सञ्चय कोषका नाममा दृष्टिबन्धक छ ।

कोषका अनुसार हाउजिङका लागि इन्भेष्टमेन्ट मेगा बैंकको पुल्चोकमा रहेको खातामा एक हजार जम्मा गरी सूचना जारी भएको १५ दिनभित्र बोलपत्र फाराम बुझाउन सकिनेछ । पटक–पटक समय दिँदासमेत ऋण भुक्तानी नगरेपछि कोषले व्यवसायी बस्नेत, उनका श्रीमती तथा कोहिनुर हिलका नाममा रहेको चलअचल सम्पत्ति बिक्री गरेर ऋण असुली गर्न लागेको जनाएको छ ।

यसअघि असारमा पनि सञ्चय कोषले लिलाम बिक्रीका लागि सूचना बोलकबोलका लागि २१ दिनको म्याद दिएको थियो । हाउजिङ कम्पनी लिलाम बिक्रीका लागि कोषले यसअघि सूचना जारी गरे पनि बिक्री भने हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सहकारीका समस्या समाधान गर्न कठोर कदम चाल्नुपर्छः मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन सुपरीवेक्षण

एक सय ५९ खानी उत्खननका लागि अनुमति

  काठमाडौँ ।  खानी तथा भूगर्भ विभागले विभिन्न समयमा खोजतलास गरिएका एक सय