शेयर बजारमा २२ अंकको गिरावट



काठमाडौं । शेयर बजार नेप्से बिहीवार दोहोरो अङ्कले घटेको छ । बिहीबार नेप्से २२ दशमलव १२ अङ्कले घटेर दुई हजार ९४ दशमलव ५४ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेर बजार राताम्मे भएको दिन आज बीमा, विकास बैंक, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय ५७ वटा कम्पनीका ५८ लाख ९८ हजार कित्ता शेयर दुई अर्ब नौ करोड ६४ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै स्टान्डर्ड चाटर्ड बैंकको १० करोड १३ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सपोर्ट माइक्रोफाइनान्स, सिद्धार्थ इन्सुरेन्स र रिडी पावर कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि आदर्श लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बढ्दै ट्रेजरी बिलको दायित्व, तिर्ने वा नवीकरण गर्ने भन्नेमा अन्योल

काठमाडौँ । सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्दै आएको ट्रेजरी बिलको दायित्व बर्सेनि

नियमति उडान हुँदाहुँदै चार्टर्ड उडानको माग गरेको भन्दै निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ ।

नेप्सेमा दोहोरो अंकको बृद्धि

काठमाडौं । धेरै दिनपछि शेयर बजार नेप्से सोमवार बढेको छ । सोमबार नेप्से

अवकाशपछि कालिजपालन

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१० नयाँ गाउँमा वडा नम्बर ६ निवासी विण्णुमणि आचार्यले