नेप्सेमा २१ अंकको गिरावट



काठमाडौं । केही दिनदेखि लगातार बढिरहेको शेयर बजार मंगलबार भने अङ्कले घटेको छ । मंगलबार नेप्से २१ दशमलव ३४ अङ्कले घटेर दुई हजार एक सय ९० दशमलव ४३ विन्दुमा झरेको छ ।

विकास बैंक र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा, फाइनान्स, माइक्रोफाइनान्स र होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकम भने निकै बढेको छ ।

आज दुई सय ५४ वटा कम्पनीका दुई करोड आठ लाख ४३ हजार कित्ता शेयर सात अर्ब ६५ करोड ८८ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको २१ करोड र अपी पावर कम्पनीको २० करोड रुपैयाँभन्दा धेरेको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै तारागाउँ रिजेन्सी होटलको शेयर साढे आठ प्रतिशत तथा बुद्धभूमि नेपाल हाइड्रोको शेयर साढे सात प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटे पनि आज बाराही हाइड्रोको शेयर १० प्रतिशतले, एचआईडीसीएलको साढे नौ प्रतिशतले र सिँगटी हाइड्रोको शेयर साढे आठ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा एक खर्ब ५८

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको

कुन प्रदेशको बजेट कस्तो ?

काठमाडौ । प्रदेश सरकारहरुले आइतबार आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब