तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौं । सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला छ सय रुपैयाँ बढेर एक लाख तीन हजार नौ सय पुगेको छ । यो सुन हिजो प्रतितोला एक लाख तीन हजार तीन सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार आठ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार तीन सय ९० पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।