नेप्सेमा ६४ अंकको बृद्धि



काठमाडौं । शेयर बजार नेप्से बुधवार उच्च अङ्कले बढेको छ । बुधबार नेप्से ६४ दशमलव ८७ अङ्कले बढेर दुई हजार एक सय २५ दशमलव ९४ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेर हरियाली बनेको शेयर बजारमा आज उत्पादन, माइक्रोफाइनान्स, बीमा र विकास बैंकको शेयर उच्च अङ्कले बढेको छ । बुधबार दुई सय ५८ वटा कम्पनीका ८७ लाख ३३ हजार कित्ता शेयर तीन अर्ब ५० करोड ११ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै हिमालयन डिष्टिलरी लिमिटेडको ११ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भयो ।

आज नौ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने अरू २१ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि छ वटा कम्पनीको शेयर एक प्रतिशतभन्दा धेरैले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विकास खर्च गर्न सरकार असफल, ११ महिनामा ४० प्रतिशत मात्र खर्च

काठमाडौं । चालु आर्थिक वर्ष समाप्त हुन एक महिना मात्र बाँकी रहँदा विकास

नेप्सेमा झिनो अङ्कको सुधार

काठमाडौँ । यो साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा

करोडभन्दा कमका आयोजना नराख्ने भनिए पनि बजेटमा एक हजारका आयोजना किन राखियो ?

काठमाडौँ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले राजस्व चुहावटलाई नियन्त्रण गर्नसक्ने हो भने

बजेटमा प्रस्तावित स्रोत सुनिश्चितताको लक्ष्यमा पुग्न कठिन छः पूर्वअर्थमन्त्री महत

  काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमा आर्थिक