काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार नेप्से सामान्य अंकले घटेको छ । मंगलबार नेप्से २.५७ अंकले घटेको छ ।
बजारमा शून्य दशमलव १३ प्रतिशतको गिरावट आएको छ । मंगलबार कुल २४८ धितोपत्रको १६ हजार ३२० वटा कारोबारबाट २० लाख ५८ हजार ५१० कित्ता सेयर किनबेच हुँदा ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार जलविद्युत, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसूचक हरियो देखिए भने अन्य सबै परिसूचक भने राताम्य रहेका छन् ।
मंगलबार सीवाईसीसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसको मूल्य २२६०.२० रुपैयाँ पुगेको छ । सान्जेन जलविद्युत कम्पनी, नबिल ब्यालेन्स्ड फण्ड, माथिल्लो तामाकोशी लगायतको सेयर मूल्य धेरैले बढेको छ ।
मंगलबार नबिल बैंक, नेपाल टेलिकम, समिट लघुवित्त वित्तीय संस्था, नेपाल बैंक, माथिल्लो तामाकोशी जलविद्युतको धेरै कारोबार भयो ।

प्रतिक्रिया