हेटौँडा सिमेन्ट उत्पादन हुन एकसाता लाग्ने



हेटौंडा । हेटौँडा सिमेन्ट उद्योगको विद्युतीय उपकरणको मर्मतसम्हार गरेर सिमेन्ट उत्पादन गर्न अझै एक हप्ता लाग्ने भएको छ ।

एक साताभित्र सिमेन्टको पुनः उत्पादन सुरु गर्ने लक्ष्य रहेको उद्योगको व्यवस्थापनले जनाएको छ । उद्योगमा प्रयोग हुने चेनको फिल्टर र विद्युतीय मोटर बिग्रिएर केही दिनदेखि सिमेन्ट उत्पादन बन्द गर्नु परेको प्रशासन महाशाखाले जनाएको छ ।

उद्योगको भण्डारणमा राखिएको गुणस्तरीय सिमेन्टलाई जुटका बारेमा प्याकिङ गरी काठमाडौँ र हेटौँडालगायत विभिन्न सहर आपूर्ति गरिरहेको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।

उनका अनुसार, उत्पादन सिमेन्टहरु सुपथ मूल्यमा विकास आयोजना, सडक–ढल निर्माण एवम् सर्वसाधारणको आवासगृह निर्माणका लागि उच्च प्राथमिकता दिएर खपत गरिरहेको स्पष्ट पारे ।

मकवानपुरमा नेपाल सरकारद्वारा २०३३ सालमा हेटौँडा सिमेन्टको स्थापना गरी उद्योगले विसं २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरिएको र उपभोक्ताहरुलाई खपत गर्न उद्योग व्यवस्थापन निरन्तर लागिरहेको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसुन्धारा पाण्डेले बताए । अहिले उद्योगमा दैनिक १४ हजार बोरा सिमेन्ट उत्पादन गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बिपिडब्लु लघुवित्तको आइपिओ खुला

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण

तोलामा दुई हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला

नेपाल टेलिकम १९औँ वर्षमा, दुई करोड १३ लाख २५ हजार ग्राहक

काठमाडौं । राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि १९औँ वर्षमा

सुपर लघुवित्तका सञ्चालक निलम्बित

काठमाडौं । नेपाल राष्ट्र बैंकले दाङको तुलसीपुरमा रहेको सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडको