नेप्सेमा २५ अंकको बृद्धि


काठमाडौं । शेयर बजार बिहीबार पनि दोहोरो अङ्कले बढेको छ । बुधबार १३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से बिहीबार २५ दशमलव ५७ अङ्कले बढेर एक हजार नौ सय ३६ दशमलव ८३ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेकोमा जलविद्युत्, माइक्रोफाइनान्स, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

बजार बढेसँगै कारोबार रकम पनि निकै बढेको छ । बिहीबार दुई सय २३ वटा कम्पनीका ४३ लाख ८४ हजार कित्ता शेयर एक अर्ब ७१ करोड ५४ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै रिडी हाइड्रोपावरको १४ करोड ३९ लाख र शिवम् सिमेन्टको १३ करोड ४० लाख रुपैयाँको शेयर किनबेच भयो ।

बिहीबार सबैभन्दा धेरै सिकलेस हाइड्रो र सयपत्री हाइड्रो कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि फरवार्ड माइक्रोफाइनान्सको शेयर सबैभन्दा धेरै तीन प्रतिशतले घटेको छ ।