काठमाडौं । शेयर बजार नेप्सेमा मङ्गलबार गिरावट आएको छ । मंगलबार शेयर बजार परिसूचक नेप्से ६ दशमलव ५९ अङ्कले घटेर एक हजार आठ सय ९७ दशमलव ८६ विन्दुमा झरेको छ ।
बैंक र निर्जीवन बीमाबाहेक सबै समूहको शेयर ओरालो लागेकोमा माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ ।
मंगलबार दुई सय २९ वटा कम्पनीको २७ लाख ४५ हजार कित्ता शेयर एक अर्ब दुई करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको आठ करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै तारागाउँ रिजेन्सी र सिकलेस हाइड्रोको शेयर साढे आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सिटिजन्स म्युचल फन्ड–१ को शेयर साढे चार प्रतिशत र पञ्चकन्यामाई हाइड्रोको शेयर तीन प्रतिशतले बढेको छ ।

प्रतिक्रिया