तोलामा एक हजार चार सय रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढेको छ । अधिल्लो दिन प्रतितोला ९४ हजारमा कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला ९५ हजार चार सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार नौ सय छ ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार पाँच सय थियो । त्यस्तै बुधबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रुपैयाँले बढेर एक हजार दुई सय ९५ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।