शेयर बजारमा लगातार गिरावट



काठमाडौं । शेयर बजार सोमबार पनि घटेको छ । आइतबार झन्डै १० अंकले घटेको शेयर बजार सोमबार दुई दशमलव ६१ अंकले घटेर एक हजार आठ सय ५८ दशमलव ३३ बिन्दुमा झरेको छ ।

आज बैंक, व्यापार, होटल, निर्जीवन बीमा, म्युचल फन्ड र अन्य समूहबाहेकको शेयर घटेको छ । जीवन बीमा, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । नेप्से सूचक घटेको दिन दुई सय १९ कम्पनीको १६ लाख ३१ हजार कित्ता शेयर ५१ करोड ५८ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नबिल बैंकको दुई करोड ७९ लाख रुपैयाँको शेयर किनबेच भयो । आज पिपुल्स पावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि अभियान लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उखु र दुध किसानको भुक्तानीका लागि दुई अर्ब निकासा

  काठमाडौँ । सरकारले उखु र दूध किसानको बक्यौता रकम भुक्तानीको प्रक्रिया अघि

कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा

भोजपुर। भोजपुरमा आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढेको छ । सरकारको

दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन

सरकारले पर्यटन क्षेत्रलाई सहज बनाउँदै लैजान्छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान तथा सहकारी विकासमन्त्री  प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन