नेप्से ९ अंकले घट्यो



काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेको छ । आइतबार शेयरबजार परिसूचक नेप्से ९ दशमलव ६९ अंकले घटेर एक हजार आठ सय ६० दशमलव ९४ विन्दुमा पुगेको छ । आज बैंकिङ र उत्पादनबाहेक अरू सबै समूहको शेयर ओरालो लागेकोमा विकास बैंक, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले घटेको छ ।

नेप्से सूचक घटेको दिन दुई सय २१ वटा कम्पनीको २५ लाख ७४ हजार कित्ता शेयर ८० करोड ३५ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै एभरेस्ट बैंकको आठ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भयो । आज पिपुल्स पावर कम्पनीको शेयर १० प्रतिशत र सिटिजन्स बैंकको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि अभियान लघुवित्तको शेयर १० प्रतिशत र स्टान्डर्ड चार्टर्ड बैंकको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान

बागलुङ । जेठ पहिलो सातासम्म पश्चिम बागलुङको तल्लो क्षेत्रका बारी, खर्क र भिराला

असार १६ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जमा सफारी बन्द हुने

चितवन । वर्षा लागेसँगै चितवन राष्ट्रिय निकुञ्जमा असार १६ गतेदेखि सफारी बन्द हुने

ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट चार सय केभीबाट विद्युत् प्रसारण सुरु

काठमाडौँ । विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबीचको विद्युत् व्यापार

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

  लुम्बिनी । लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको