शेयर बजारमा सामान्य अंकको बृद्धि



काठमाडौं । शेयर बजार बिहीबार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से बिहीबार चार दशमलव १५ अंकले बढेर एक हजार ८ सय ७० दशमलव ६३ विन्दुमा पुगेको छ ।

आज जलविद्युतबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । २ सय २२ वटा कम्पनीको २६ लाख ९८ हजार कित्ता शेयर ८२ करोड ९६ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ४० लाख र नेपाल लाइफ इन्सुरेन्सको तीन करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज अभियान लघुवित्तको शेयर १० प्रतिशत र रुरु हाइड्रोको शेयर आठ प्रतिशतभन्दा धेरैल बढेको छ । सिटिजन्स् म्युचल फन्डको शेयर भने साढे चार प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान

बागलुङ । जेठ पहिलो सातासम्म पश्चिम बागलुङको तल्लो क्षेत्रका बारी, खर्क र भिराला

असार १६ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जमा सफारी बन्द हुने

चितवन । वर्षा लागेसँगै चितवन राष्ट्रिय निकुञ्जमा असार १६ गतेदेखि सफारी बन्द हुने

ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट चार सय केभीबाट विद्युत् प्रसारण सुरु

काठमाडौँ । विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबीचको विद्युत् व्यापार

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

  लुम्बिनी । लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको