बोतल र जारको पानीको मूल्य घट्यो



काठमाडौं । सरकारले जार र बोतलमा बिक्री हुने पानीको मूल्य घटाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गरी पानीको नयाँ मूल्य तोकेको हो । नयाँ मूल्यअनुसार अब उपभोक्ताले अहिले बजारमा बिक्री भइरहेको भन्दा सस्तोमा जार र मिनिरल वाटर किन्न पाउने छ्न् ।

विभागले तोकेको नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा एक लिटरको बोतलमा भरिएको पानीलाई बढीमा १६ रुपैयाँमात्रै लिन पाइने छ । यस्तै २० लिटरको जारको पानीलाई ४७ रुपैयाँ नयाँ मूल्य तोकिएको छ ।

अहिले काठमाडौं उपत्यकामा एक लिटर पानी भरिएको बोतलको २० देखि ३० रुपैयाँ र २० लिटरको जार ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ । तोकिएको मूल्यभन्दा महँगोमा पानी बिक्री गरेमा कारबाही गर्ने विभागले चेतावनी दिएको छ । यस्तै विभागले तोकिएको मूल्यभन्दा महँगोमा पानी नकिन्न उपभोक्तालाई आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उखु र दुध किसानको भुक्तानीका लागि दुई अर्ब निकासा

  काठमाडौँ । सरकारले उखु र दूध किसानको बक्यौता रकम भुक्तानीको प्रक्रिया अघि

कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा

भोजपुर। भोजपुरमा आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढेको छ । सरकारको

दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन

सरकारले पर्यटन क्षेत्रलाई सहज बनाउँदै लैजान्छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान तथा सहकारी विकासमन्त्री  प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन